समाचार

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी

७ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी अब पूर्णबहादुर खड्काले सम्हाल्ने भएका छन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो।

सभापति शेरबहादुर देउवा विदेश गएका कारण उनी नफर्कने सम्मका लागि खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी सुम्पिएको बिज्ञप्तिमा जनाएको छ ।

बिज्ञप्ति :