समाचार

जम्मु कश्मीर घटनालाई लिएर प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच टेलिफोन संवाद

१० वैशाख, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र बरताका प्रधानमन्त्री नरेन्द्र मोदी बिच टेलिफोन संवाद भएको छ। जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलालाई लिएर दुई प्रधानमन्त्री बिच संवाद भएको हो। 

उक्त घटनामा एक जना नेपाली सहित २७ जनाको ज्या गएको थियो। पाकिस्तानको आतङ्कवादी ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ।  

दुई प्रधानमन्त्रीको संवादमा आतङ्कवादी हमलामा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गरिएको बताएइको छ भने यस्ता आतङ्कवादी गतिविधिविरुद्ध नेपाल भारतको साथमा रहेको बताइएको छ। 

यो केही बर्ष यताको सबैभन्दा ठुलो आतङ्कवादी हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री मोदी भ्रमण छोट्टाएर भारत फर्किसकेका छन् ।