१३ वैशाख, काठमाडौँ । आज २५ औँ दिनमा पुगेको शिक्षक आन्दोलन उग्र बनेको छ। शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि आन्दोलन उग्र बनेको हो।
देशैभरका सामुदायिक विद्यालयमा शैक्षिक हड्ताल गरेर काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको आज २५ दिन पुगेको हो।
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरू आज आक्रोशित बनेका छन्। माइतीघरबाट नयाँ बानेश्वर क्षेत्रमा आएका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीलाई नै हम्मे हम्मे परेको थियो।