समाचार

४२१ किलो गाँजासहित चेकजाँच छलेर भागेको कार प्रहरी नियन्त्रणमा

१७ वैशाख, काठमाडौँ । प्रहरीको चेकजाँच छलेर भागेको गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ। धनकुटाको सशस्त्र प्रहरीले कार नियन्त्रणमा लिएको छ।

 धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ नमस्ते झरनास्थित कोसी लोक मार्गबाट प्रहरीले कार नियन्त्रणमा लिइएको हो।  धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेश मुलघाटले शङ्का लागेर जाँच गर्ने क्रममा भागेको थियो। 

 सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा अनियन्त्रित भई उक्त कार सडकको भित्तामा ठोकिएर दुर्घटना भएको बताइएको छ।  कार चालक भने फरार छन्।