सूचना प्रविधि

पाटनका यी क्षेत्रहरूमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ। फाइबर तार जडान गर्ने भएकाले पाटन क्षेत्रका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल टेलिकमले ललितपुरको विभिन्न स्थानमा आफ्नो फाइबर तार जडान गर्न लागेको हो । ्

टेलिकमले जारी गरेको सूचनाअनुसार मर्मत कार्य चल्ने दिनहरूमा बेलुकी ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टिभी सेवाहरू प्रभावित हुनेछन्।

असार ३२ गते बुधबार मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औद्योगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र सेवा प्रभावित हुनेछ ।
साउन १ गते बिहीबार च्यासल, चाकुपाट, ज्वागल, पुलचोक र २ गते शुक्रबार जाउलाखेल, एकान्तकुना खरीबोट, भनीमण्डल, सानेपा, धोबीघाट क्षेत्रमा सेवा प्रभावित हुने सूचनामा उल्लेख ।