समाचार

देशका विभिन्न भू-भागमा बाढी र पहिरोका कारण प्रमुख ६ राजमार्ग पूर्ण रूपमा अवरूद्ध

५ साउन, काठमाडौं । देशका विभिन्न भू-भागमा बाढी र पहिरोका कारण प्रमुख ६ राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

देशैभरी परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण साेमबार साेही राजमार्ग अवरुद्ध भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे हाे । संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरकाे मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध प्रहरीले बताएकाे छ । त्यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको शहीद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

त्यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकाकाे कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटकाे मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिकाकाे शहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।