समाचार

फेक अडियो प्रकरणमा तिमिल्सिना पक्राउ

५ साउन, काठमाडौं । नेपालको एक अनलाइन मिडियामा फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका राजकुमार तिमिल्सिना पक्राउ परेका छन् ।

सिधा कुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई तिमिल्सिनाले सोही अडियो उपलब्ध गराएका थिए । तिमिल्सिनालाई कोशी प्रदेशको सुनसरीको इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो । सर्वोच्च अदालतका न्यायाधीश, कानून व्यवसायी र पत्रकारहरुलाई समेत लाञ्छना लगाउने गरी तयार गरिएको सोही अडियो फेक भएको पुष्टि भएको थियो ।

सर्वोच्च अदालले तिमिल्सिनालाई दोषी ठहर गर्दै गत अशोज महिनामा ६ महिनाको सजाय तोकेको थियो । तिमिल्सिना त्यसपछि फरार भएका थिए । अदालतले २ जना पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो । तिमिल्सिनालाई भने सर्तविना ६ महिनाको कैद सजाय सुनाएको थियो ।