९ साउन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार राति भाइको खुकुरी प्रहारबाट दाजुको मुत्यु भएको छ ।
२५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाजु मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् । छातिमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले घटनापछि आरोपी श्याम फरार रहेको बताएका छन् । उनको खोजी भइरहेको पनि उनले जानकारी गराएका हुन् । शव परीक्षणका लागि अस्पतालमा राखिएको उनले बताएका छन् ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको हो ।





