राजनीति

‘जननेता मदनले मलाई सपथ खुवाएका हुन्, कसैलाई केही लाग्दैमा मेरो पार्टी सदस्यता फाल्न सक्दिंन’: पूर्वराष्ट्रपति भण्डारी

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एकालेको पार्टी सदस्यता लिएको ४५ वर्ष भएको समेत स्मरण गरेकी छन् ।

काठमाडौंमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो स्मरण गरेकी हुन् । मुठ्ठी भरका व्यक्तिहरुलाई केही लाग्नेबित्तिकै आफ्नो पार्टी सदस्यता फाल्न नसक्ने उनले दावी गरेकी हुन् ।

जननेता मदन भण्डारी त्यतिखेर कोशी सगरमाथाको इञ्चार्ज हुँदाखेरी उनले नै आफूलाई सपथ खुवाएका कारण कसैलाई केही लाग्नेबित्तिकै सदस्यता फाल्न नसक्ने भण्डारीको दावी छ। भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको समेत दृढतापूर्वक बताएकी हुन् ।