प्रदेश 1

झापामा बसले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

१० साउन, झापा । झापामा शनिबार साइकलयात्रीको मृत्यु भएको छ।

दमक–४ चियाबगानमा सवारी दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर बिकको मृत्यु भएको प्रहरीले बताएको हो । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बिकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताएका हुन्। दुर्घटनामा परेको बस र मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।