प्रदेश 2

सिरहाबाट स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

१० साउन, सिरहा । सिरहाको लहान–३ अस्पताल चोकदेखि शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख १ हजार ६ सय ९५ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका प्रहरीले बताएको हो।सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले शनिबार बिहान करिब साढे ९ बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुललाई नियन्त्रणमा लिएको बताएका छन्।

पक्राउ परेका राहुललाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको हो ।