१० साउन, काठमाडौं । सिरहामा प्रहरीले गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई लागूऔषध खैरोहिरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान रहेको प्रहरीले बताएको हो । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरोहिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दरलाई प्रहरीले नवराजपुर गाउँपालिका-४ कुसण्डीमा रोक्न खोजेको थियो ।
तर नरोकी भागेपपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । पक्राउ परेका भारतीय नागरिक श्यामसुन्दरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।





