समाचार

राष्ट्रिय सभाको बैठक आज बस्दै, बैठकमा पर्यटन विधेयकमाथि दफावार छलफल गरिंने

११ साउन, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार बस्ने भएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो सवाँ १ बजे बस्ने भएको सचिवालयले जनाएको हो । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

सोही विधेयकको बारेमा सांसदहरुले आफ्ना धारण राख्ने सचिवालयले जनाएको हो ।