१३ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७६ अंकले बढेर ३ हजार २ दशमलव ०७ विन्दुमा कायम भएको छ ।
मंगलबार शेयर बजार १ दशमलव ०३ प्रतिशतले बढेको नेप्सेले जनाएको हो । ३ सय २१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९ सय ६६ कित्ता शेयर १ लाख ५७ हजार ५ सय २५ पटक खरिद बिक्री हुँदा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८ सय ८५ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको हो । अन्य सबै समूहको उपसूचक भने बढेको नेप्सेले जनाएको छ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै भन्दा बढी घट्नेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आठ दशमलव ६० प्रतिशत छ ।
कारोबार रकमका आधारमा मंगलबार सबै भन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेड ६४ करोड ४१ लाख ३८ हजार बराबरको शेयर खरिद बिक्री भएको हो। शेयर संख्याका आधारमा भने सबै भन्दा बढी प्रभु बैंक लिमिटेडको १८ लाख ५८ हजार २ सय २३ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।





