१३ साउन, बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङले आफूले मन्त्री पदबाट राजीनामा नदिने दावी गरेका छन्।
बागमती प्रदेश कांग्रेस संसदीय दलबाट मंगलबार आफू विरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दावी गरेका हुन् । मुख्यमन्त्री तामाङले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुनपर्ने र नदिने जिकिर गरेका छन् ।
संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने बाध्यता नभएको उनको तर्क थियो । सरकार र संसदीय दल फरक पाटो भएका कारण मुख्यमन्त्री हुनलाई दलको नेता नै नचाहिने उनको दावी छ । त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण नै नभएको उनको जिकिर रहेको छ ।
आफूविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता रिक्त भएको बताउदै मुख्यमन्त्री तामाङले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढ्ने बताएका थिए ।





