राजनीति

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ विजयी

१४ साउन,काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

प्रदेशसभा सचिवालय परिसरमा बुधबार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुर सिंह तामाङलाई पराजित गरेका हुन् । बानियाँ र तामाङ दुवै जना पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । बागमतीमा कांग्रेसका ३७ सांसद मध्ये बानियाँले २२ मत प्राप्त गर्दा तामाङले १४ मत मात्रै प्राप्त गरेका थिए । १ मत बदर भएको कांग्रेसले जनाएको छ ।

मंगलबार आफू विरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि तामाङले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो । तामाङले दलको नेताको हैसियत गुमाएपछि बुधवार दलको नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले यहिसाउन ९ गते दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

तामाङ नेतृत्व सरकारका ५ जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।