कृषि

किसान महासंघको महाधिवेशन अन्योलग्रस्त, आगामी मंसिरमा महाधिवेशन सम्पन्न गर्न बहुमत सदस्यको माग

१४ साउन, काठमाडौं । नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन अन्योलग्रस्त भएको छ ।

महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले आगामी भाद्र ३ गते महाधिवेशनको मिति तोकेपछि अन्योलता सिर्जना भएको हो । महासंघका वरिष्ठ केन्द्रीय सदस्य आदर्श विक्रम कार्कीले बुधबार तिमिल्सिनाले चोरबाटोबाट मध्य वर्षातको समयमा भाद्र ३ गते महाधिवेशनको मिति तोक्नु आपत्तिजनक भएको सुर्य खबर डटकमलाई जानकारी दिएका छन् । यसले आम नेपाल किसान महासंघका सदस्यहरुमा समेत चरम अशन्तुष्टि बढेको उनको भनाइ थियो ।

भाद्र ३ गते गर्ने भनिएको महाधिवेशनको मिति नेपालीहरुको महान पर्व दशैं-तिहार र छटपछि सार्नका लागि समेत उनले जोडदार माग गरेका छन् । भाद्रा महिनामा नै महाधिवेशन गर्नका लागि सम्भव नहुने पनि उनले बताएका थिए । किनकी देशका विभिन्न विकट जिल्लाबाट महाधिवेशन सदस्यहरु काठमाडौं आउनुपर्ने र वर्षाका कारण सडक मार्गहरु बाढी र पहिरोले बिग्रिने सम्भावना बढी हुने भएकाले महाधिवेशन मंसिर महिनामा गर्न नेता कार्कीले माग गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गत चैत्र २६ गतेसम्म जुनसुकै अवस्थामा पनि महासंघको महाधिवेशन गर्नुपर्ने समयसीमा तोकेको थियो । सोही समयसीमा भन्दा ५० दिन अगाडि नै अधिकांश जिल्ला अधिवेशनहरु सम्पन्न भएर सम्पूर्ण कागजातहरु निर्देशक समितिलाई बुझाइसकेको अवस्थामा पनि अनिर्णयको बन्दी झै गलत नियतका साथ समय गुजारेको छ ।

अझै पनि केहि जिल्लाहरुमा विवाद उत्पन्न भएर जिल्ला अधिवेशन हुन नसकेको अवस्था कायमै रहेको छ । अधिकांश जिल्लाहरुको अधिवेशनको प्रतिवेदन निर्देशक समितिलाई बुझाई सकिएको अवस्थामा निर्देशक समितिका संयोजक र महासंघको अध्यक्षको स्वेच्छाचारीता कारणबाट पार्टीले तोकिदिएको समयसीमा गत चैत्रभित्र महाधिवेशन गराउन असमर्थ देखिएको कुरा समेत नेता कार्कीले उल्लेख गरेका छन् ।

यति ठूलो भातृ संस्थाको महाधिवेशन तयारीका लागि एक पटक पनि आधिकारिक रुपमा महासंघको केन्द्रीय कार्य समितिको बैठक समेत नबसेको र उल्टै कार्य सम्पादन समितिलाई समेत गुमराहमा राखेर पूर्ण बैठक (कार्य सम्पादन समिति) नै नबसी महासंघका केन्द्रीय अध्यक्षको मिलिभगतमा निर्देशन समितिका संयोजकले समेत सबैलाई सहमति गराएर लैजानुको सट्टा अध्यक्षको कठपुतली बनेर निर्णय गरिदिंदा सिंगो महासंघ आक्रान्त र विक्षिप्त बनेको जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

यसरी एकलौटी निर्देशक समितिको संयोजक रमेश रिजाल र महासंघका अध्यक्ष तिमिल्सिनाले सबै कार्य सम्पादन समितिका साथीहरु, केन्द्रीय कार्य समितिको पूर्ण बैठक नै नराखिकन केन्द्रीय महाधिवेशन गर्ने नाटक मञ्चन गरेर विधान विपरित एक पक्षीय ढंगबाट महाधिवेशन गर्न खोजिएमा गम्भीर आपत्ति र असहमति रहेको जानकारी समेत उनले गराएका छन् । यस्तो असंवैधानिक र एकपक्षीय कार्यको बिरुद्धमा जुनसुकै कदम चाल्न पनि बाध्य हुने असन्तुष्ट पक्षले चेतावनी समेत दिएको छ । गको

आगामी भाद्र ३ गते मध्य वर्षादको समयमा बोलाईएको केन्द्रीय महाधिवेशनन केबल प्रपञ्च रचिएको महाधिवेशन मात्रै भएको उनीहरुको तर्क थियो । त्यस कारण महासंघको केन्द्रीय महाधिवेशनको मिति अबिलम्ब सार्न र महाधिवेशनमा आम किसान प्रतिनिधिहरुको उपस्थिति सुनिश्चित गर्न गराउन सबै साथीहरुको अपनत्व कायम हुनेगरी महाधिवेशनको सुनिश्चितता गरियोस भनेर समेत उनीहरुले माग गरेका हुन् ।

‘अन्यथा हामी अर्को विकल्प तथा जुनसुकै कदम चाल्न बाध्य हुनेछौं । यसलाई नजर अन्दाज नगर्न संयोज रिजाल र अध्यक्ष तिमिल्सिनालाई ध्यानाकर्षण गराएकोमा हाम्रो माग शम्बोधन नगरी एकलौटी रुपमा महाधिवेशन गर्ने कुचक्र गर्दा आउने गम्भीर परिणाम स्वयं निर्देशक समितिका संयोजक र महासंघका अध्यक्षले ब्यहोर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।’

नेपाल किसान महासंघ जस्तो बृहत संस्थाको महाधिवेशनलाई निर्देशन समितिले आम किसानहरुका प्रतिनिधिहरुको भावनामा खेलवाड गरेको आभाष महुशुस गरी गलत मनसायका साथ गरिएको उक्त कार्यप्रति खेद ब्यक्त गर्दै आवश्यक परे कडा कदम चाल्न बाध्य हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

महासंघको केन्द्रीय कार्य समितिको बैठकबाट निर्णय नै नगराई अध्यक्षले विधान विपरित मनोमानी तवरले अधिकांश जिल्ला अधिवेशन गराएको बारे सच्याउन केन्द्रीय समिति र कार्य सम्पादन समितिका अधिकांश सदस्यहरुले दिएको सुझावलाई बेवास्ता गरेको समेत उल्लेख गरिएको छ । एकलौटी विधान विपरित कार्य गरी गरिएको अधिवेशनहरुको विवरण यहि साउन १२ गतेको कार्य सम्पादन समितिको बैठकमा बहुमत सदस्यहरुले माग गर्दा समेत नदेखाईएको असन्तुष्ट पक्षले बताएको हो ।

भाद्र ३ गते केन्द्रीय महाधिवेशन गर्न पार्टीले तोकेको समय अहिलेको मध्य वर्षामा सम्भव नहुने भनेर केही समयपछि महाधिवेशनको मिति सार्नुपर्ने, विधान सम्मत पारदर्शीताका साथ सबैको सहभागिता-अपनत्व हुने गरी महासंघको केन्द्रीय महाधिवेशन गर्नुपर्ने सुझावलाई निर्देशक समितिका संयोजक रिजाल-महासंघका अध्यक्ष तिमिल्सिनाबाट बेवास्ता गरेकोप्रति बहुमत कार्यसम्पादन समितिका सदस्यहरुले आपत्ति र असहमति जनाइरहँदा समेत कुनै प्रतिकृया नदेखाएपछि शशक्त रुपमा प्रतिकारमा निस्कन बाध्य भएको असन्तुष्ट पक्षले बताएको छ ।