कृषि

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोदो रोपाइँ महोत्सव

१७ साउन, गण्डकी । राष्ट्रिय कोदो दिवसका अवसरमा शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव गरिएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश÷कास्की जिल्ला÷माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा प्रथम कोदो महोत्सव गरिएको हो ।

महोत्सवका अवसरमा कोदो रोपाइँ प्रतियोगिता गरिएकोमा १६ आमा समूहले सहभागिता जनाएका थिए । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुुरुङले बहुपोषणयुक्त कोदोको महत्वलाई बुुझ्न नसक्दा यो हेला गरिएको अन्न जस्तो बनेको बताएका छन्। बहु परिकारसँगै घरेलु मदिरा आदि निर्माणका लागि कोदो उपयोगी हुने बताउँदै उनले यसबाट अधिकतम फाइदा लिन सकिने धारणा राखेका छन् ।

जीवन उच्चै ठकुरीले खाद्यान्नमा आत्मनिर्भर बन्दै समृद्धिको मार्गमा अघि बढ्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग तथा व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कोदोको महत्वलाई बुझ्न नसक्दा पनि यसतर्फको आकर्षण बढ्न नसकेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुुरुङले महोत्सवमार्फत कोदो खेतीको प्रवद्र्धन गर्न खोजिएको बताएका छन् । औषधीजन्य गुण भएको कोदो खेतीको विस्तार गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनु जरुरी भएको उनको भनाइ छ ।

माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले स्थानीय उत्पादनमा जोड दिनसके त्यसले खाद्यान्नमा आत्मनिर्भर बनाउने धारणा राखेकी छन् । नेपाल उद्योग तथा व्यवसायी सङ्घ कास्ककिा अध्यक्ष कृष्ण तिवारी, सचिव धर्ममान सिंह भण्डारीलगायतले कोदो खेतीको महत्वलाई उजागर गर्दै यसतर्फको आकर्षण बढाउन सबैको सामुहिक प्रयास आवश्यक हुने बताएका छन् ।

कार्यक्रमका अवसरमा गायक जीवन शर्माका प्रस्तुुतिसँगै विभिन्न सांस्कृतिक कार्यक्रम, भजन आदि प्रस्तुत गरिएको थियो ।