१९ साउन,काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ६२ रुपैयाँ ६३ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा , क्यानेडियन डलर एकको खरिददर १ सय १ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १ सय को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७० पैसा र बिक्रीदर २१ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४ सय ५९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६३ रुपैयाँ ०२ पैसा र विक्रीदर ३ सय ६४ रुपैयाँ ५८ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।





