१९ साउन, काठमाडौं । छोटो समयमा विश्वभर लोकप्रिय बनेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल रियलमी सी७१ नेपाली बजारमा ल्याएको छ । कम बजेटमा आकर्षक फिचर खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो फोनले उत्कृष्ट प्रदर्शन, मजबुत बनावट र आकर्षक मूल्यको संयोजन दिएको छ ।
यो फोनमा ६३ सय एमएएचको शक्तिशाली ब्याट्री छ, जुन लामो समय चल्नुको साथै ४५ वाटको फास्ट चार्ज सपोर्टले छोटो समयमा चार्ज पनि हुन्छ। फोन खसेर बिग्रिने डर हुनेहरूका लागि यो अझ उपयुक्त छ, किनभने यसमा शक रेसिस्टेन्स५ प्रविधि छ, जसले १.८ मिटर उचाइबाट खसे पनि फोनलाई जोगाउन सक्छ । फोनको संरचना अझ बलियो बनाउन आर्मर शेल प्रविधि र आईपी ६४ धूलो र पानी प्रतिरोध सुविधा पनि दिइएको छ ।
स्क्रिनको कुरा गर्दा, १२० हट्र्जको डिस्प्ले दिइएको छ, जसले स्क्रोल गर्दा वा भिडियो हेर्दा स्मूथ र आरामदायी अनुभव प्रदान गर्दछा । फोटो खिच्न मन पराउनेहरूका लागि ५० मेगापिक्सेलको एआई क्यामेरा राखिएको छ, जसले झन् स्पष्ट र राम्रा फोटोहरू खिच्छ ।
यसमा भएको टी७२५० अक्टा–कोर प्रोसेसरले एपहरू छिटो खोल्न, गेम खेल्न वा भिडियो हेर्नमा कुनै समस्या आउन दिँदैन। त्यस्तै यसको एआई स्मार्ट सिस्टमले प्रयोगकर्ताको बानी अनुसार फोनको अनुभव अझ सहज बनाउँछ — जसले कहिले के सुझाव दिने वा कुन एप प्राथमिकतामा ल्याउने भन्ने निर्धारण गर्छ।
संगीतप्रेमीहरूका लागि यो फोनमा स्पष्ट र ठूलो आवाज आउने ४०० प्रतिशत अल्ट्रा बूम स्पिकर छ । साथमा एनएफसी सुविधा पनि छ, जसले कन्ट्याक्टलेस भुक्तानी गर्न सहज बनाउँछ — जुन सुविधा यो मूल्यमा आउने फोनहरुमा कमै हुन्छ ।
४+१२८जिबी स्टोरेजमा उपलब्ध रियलमी सी७१ १५ हजार ९९९ मुल्यमा रहेको उपलब्ध छ । प्रयोगकर्ताले यसलाई ह्वाइट स्वान र फरेस्ट आउल जस्ता २ आकर्षक रङमा छनोट गर्न सक्छन्। थप पावरफुल ६+१२८ जिबी स्टोरेज भएको संस्करण पनि चाडै बजारमा आउने तयारीमा छ ।





