२१ साउन, काठमाडौं । सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन्।
सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साल साउन २२ देखि २९ गतेसम्म खुला रहने घोषणा गरेको जनाएको हो । सामसङको अहिलेसम्मकै सबभन्दा पातलो, हलुका फोल्ड, ग्यालेक्सी जेड पÞmोल्ड७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु समावेश छन्।
ठूलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किंग र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ । नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन र २ सय मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको जनाइएको छ ।
नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ । जसले ठूलो स्क्रिनमा स्क्रीन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ । साथै क्यामेरा मार्फत कुनै पनि वस्तुलाई देखाएर न्याचुरल, संवादात्मक प्रश्न सोधी प्रयोगकर्ताले तुरुन्त जवाफ पाउने समेत भएका छन् ।
ग्यालेक्सी जेड फ्लिप७ अब झनै पातलो, टिकाउ, र पोर्टेबल बनेको हो । अबको फ्लेक्सविन्डो अझ ठुलो र प्रयोग गर्न सजिलो छ । यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ, र लामो ब्याट्री लाइफ उपलब्ध छन्।
ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को २ सय ५६जीबी भेरियन्टहरू नेपालमा यहि साउन २२ देखि २९ गतेसम्म प्रि–अर्डरका लागि उपलब्ध हुने भएको हो ।





