समाचार

आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ को बारेमा सुझाव दिन तोकिएको समय आज सकिंदै

२२ साउन, काठमाडौं । निर्वाचन आयोगले तयार पारेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ को बारेमा राजनीतिक दलले सुझाव दिनका तोकिएको समय बिहीबार सकिंने भएको छ ।

राजनीतिक दलहरुले सुझाव दिने क्रम जारी रहेको आयोगले जनाएको हो । राजनीतिक दलहरुले पठाएका प्राप्त सुझवहरुलाई बिहीबार अध्ययन गर्ने आयोगको तयारी रहेको छ । आयोगले यहि साउन ८ गते राजनीतिक दल स्वमूल्यांकन कार्यविधि प्रकाशन गरेर राजनीतिक दलहरुसँग सुझाव मागेको थियो ।

सोही समय बिहीबार सकिंदै छ ।