आर्थिक

निर्वाचन आयोगको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति एमालेको पनि विरोध

२२ साउन, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि निर्वाचन आयोगले ल्याउन लागेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ प्रति असहमति जनाएको छ ।

एमालेले बिहीबार स्वमूल्यांकन राजनीतिक दलको आन्तरिक मामिला भएका कारण आयोगले त्यसमा हसतक्षेप गर्न खोजेको भन्दै आपत्ति जनाएको हो । आयोगले सोही कार्यविधिको बारेमा बिहीबारसम्ममा राजनीतिक दलसहित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

एमालेका केन्द्रीय निर्वाचन प्रमुख निरज आचार्यले राजनीतिक दलहरु स्वनियमनमा चल्नुपर्ने र यसको मूल्यांकन जनताले गर्ने जनादेशमार्फत गर्ने भएका कारण सोही कुरा दलको आफ्नै आन्तरिक विषय भएको बताएका छन् ।