२२ साउन, काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्ट क्याम्प संचालन गरेको छ।
टेकले ग्राहकहरुलाई इन्टरनेट सम्बन्धि आउने गरेको समस्यालाई मध्यनजर गरेर सपोर्ट क्याम्प संचालन गर्न लागेको हो । सपोर्ट क्याम्प अन्तर्गत इन्टरनेट सम्बन्दि चेतना मुलक सन्देश , तुरुन्त फिल्ड सपोर्ट, राउटर सट्टा, स्पिड टेस्ट, फाइबर परिवर्तन र सुस्त इन्टरनेट लगायतका ग्राहकको समस्या ग्राहकको घरघरमै पुगेर सपोर्ट क्याम्प मार्फाद ग्राहकलाई सेवा दिन लागेको छ।
सपोर्ट क्याम्पमा सम्बन्धि क्षेत्रको प्राविधिक प्रमुख, शाखा प्रमुख र लगायतको टोलिको उपस्थिति रहने भएको टेकले जनाएको हो।

देशैभरी संचालन हुने सपोर्ट क्याम्पबाट प्रत्येक ठाउँबाट ५० जना ग्रहाकलाइ सेवा दिन सकिने कम्पनीको लक्ष्य रहेको छ। इन्टरनेट समस्या समाधानलाई प्राथमिकता दिदै शुरु गरिएको उक्ता सपोर्ट क्याम्पमा आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन सकिने कम्पनीले जनाएको हो ।
सपोर्ट क्याम्पको बारेमा जानकारी लिन क्लासिक टेको अधिकारिक फेसबुक पेज, वेबसाइड, क्लासिक टेक मोबाइल एप्लिकेशन र ९८०१००६६३३ मा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।





