२५ साउन, सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरले शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४ सय ३० क्यूसेक पुगेको जनाएको हो। मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ वटा ढोका खोलिएका छन् ।
कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोही अनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको उनको भनाइ थियो ।





