२५ साउन, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, आइतबार दिउँसो देशैभरी साधारणतया बदली हुने भएको हो । कोशी, बागमती, गण्डकी, मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश लगायत कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यस्तै, आइतबार राति देशैभरी साधारणतया बदली हुने भएको छ। मधेश, कोशी, बागमती, गण्डकी र बाँकी प्रदेशका पहाडी, तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको हो।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।





