२७ साउन, काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १ सय ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १ सय ६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ६३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १ सय ८८ रुपैयाँ पाँच पैसा र बिक्रीदर १ सय ८८ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १ सय ७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १ सय १ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ चार पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ छ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४ सय ५९ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६३ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३ सय ६५ रुपैयाँ नौ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । ।





