२३ भदौ, काठमाडौं । जेएनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागि अहिलेसम्म १९ जनाको निधन भएको छ ।
पछिल्लो समयमा एएमसी अस्पतालमा उपचारको क्रममा एक जनाको निधन भएपछि मृतकको संख्या १९ पुगेको छ ।
सबैभन्दा शुरुमा सिभिल अस्पतालमा गोली लागि उपचाररतः एकजनाको निधन भएको अस्पतालले पुष्टी गरेको थियो ।
सिभिल अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल ट्रमा सेन्टरलगायतका काठमाडौका अस्पतालहरुमा दर्जनौं घाईतेहरुको उपचार भईरहेको छ । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान लगाईएको छ ।
दमक, भरतपुर, पोखरा, दाङ, इटहरीलगायत देशभरका सहरहरुमा आन्दोलन चर्किएको छ।
वीर अस्पतालको ट्रमा सेन्टरमा ३० जना भन्दा बढी तथा सिभिल अस्पतालमा एक सय भन्दा बढी, केएमसी अस्पतालमा दर्जनौं घाईतेहरु उपचाररतः छन्, युवाहरुको आन्दोलन भने कफ्यु लगाएको भए पनि जारी रहेको छ ।
दर्जनौ त्रिवि शिक्षण अस्पतालमा उपचाररतः छन्, एकजनाको निधनसमेत भएके छ । सिभिलमा एक जना, ट्रमा सेन्टरमा ६ जना, केएमसीमा एक जनाको निधत्रन भएको हो ।





