समाचार

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

२३ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने उनले बताए।