२ असोज, काठमाडौँ । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको छ।
यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत तीस्न हजार पर्ने मेस राउटर पाँच सय छुटसहित दुई हजार पाच सय मा उपलब्ध हुनेछ। त्यस्तै, १० हजार ७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित आठ हजार २९९ मा पाइनेछ। साथै, ४३(इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ मा किन्न सकिनेछ।
यससँगै,आठ ४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 तीन सय क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले “Spin the Wheel” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ ।





