प्रदेश 1

बर्षात्को प्रभावः इलाममा पहिरोमा परी ३४ जनाको मृत्यु

१९ असोज, काठमाडौँ । पहिरोमा पुरिएर इलाममा ३४ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो । अहिलेसम्म इलाममा ३४ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने उनले बताए ।

यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।