बाग्मती

पेस्तोलसहित होहल्ला गर्ने खोटाङ, साकेला गाउँपालिका बिक पक्राउ

६ असोज, पाटन (ललितपुर) । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका–१ का शिवकुमार बिकलाई पेस्तोल र चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिए ।

खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका–२३ धापाखेलमा बस्दै आएका थिए । “विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान–१, नगद र मोबाइल फोन पनि बरामद भएको छ ।” विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान सुरु भएको उनले बताए ।