६ असोज, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, ‘यसपालि देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौँ, क्षमा–पाउँ !’ भनेका छन् ।
उनले यसभन्दा अगाडी बिहान ७ बजेदेखि राती २ बजेसम्म दुई सयका हाराहारी टिमलाई स्वागत गरिए पनि यस पटक भने
उनले जेएनजी पुस्ताको आन्दोलनका कारण स्वागत गर्न नसकिएको भन्दै क्षमा मागेका छन् ।
तपाइकोमा देउसी खेल्न आउने भनेको, यतै हुनुहुन्छ कि उता ?
केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु– यसपालि देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौँ, क्षमा–पाउँ !
दसैँको टिका र तिहारको भाइटिका लगाइएन यसपालि । भदौ २३ को प्रदर्शनमा त्यतिका अमूल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन ।
हरेक वर्ष मेचीनगर धुलाबारीको आँगनमा दुई सय बढी देउसी टिमलाई स्वागत गरिन्थ्यो । लक्ष्मीपूजादेखि भाइटिका सकिएर पनि अझै २ दिनसम्म ! बिहान ७.०० बजेदेखि राति २.०० बजेसम्म ! गाउँले साथीभाइ, सङ्घसंस्था, व्यक्तिगत भेटघाट, शुभकामना साटासाट बेग्लै रौनक हुन्थ्यो धुलाबारीमा ! तर यसपालि मनले त्यो मागेन, मानेन, खोजेन ! आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन !
काठमाडौँमा रहेको डेरा पनि आगजनीमा परेपछि, डेराबाट पनि डेरामा सर्नुपर्दा यहाँ पनि देउसीलाई स्वागत गर्न सकिएन ! यसबाट पर्न गएको असुविधाप्रति सबै आदरणीय मित्रहरूसँग ३नम्रतापूर्वक–क्षमा–चाहन्छु !
अपेक्षा राखौँ– हामी सबै बदलिनेछौँ र समाज बदल्नेछौँ ! बदलाको भाव, वैरभाव कसैप्रति पनि नराखौँ ! यही नै हाम्रा धर्मशास्त्रहरूको पनि सार हो ! यही स्मरणसाथ सबैलाई तिहारको शुभकामना !






