समाचार

प्रधानमन्त्री कार्की सचिवालयले भन्यो: सुनार मन्त्री हुने सूचीमा छैनन्

९ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले खगेन्द्र सुनार मन्त्री बन्ने सूचीमा नै नभएको बताएको छ । 

मन्त्री बन्ने निश्चित भएपछि आज सपथ ग्रहण लिन अन्तिम तयारी अवस्थामा रहेका सुनारलाई प्रहरीले खोजी सूचीमा राखेका पत्रहरू सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालय पछाडि सरेको आरोप लागि रहेका बेला उक्त कार्यालयले भने प्रधानमन्त्री कार्की सुनारलाई शपथ खुवाइने कार्यबाट पछाडि हटेकी देखिएको छ । 

आज ४ जना मन्त्रीहरूले सपथ खाने कार्यक्रम तय भए पनि व्यापक जनदबाबका कारण सुनुवारले भने अव शपथ खान पाउने छैनन् ।