समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका युवक प्रहरीको नियन्त्रणमा

१६ कात्तिक, काठमाडौं । माइतीघरमा प्रदर्शनका क्रममा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र तत्कालीन सीडीओ छवि रिजाललाई पक्राउ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका कारण केही समय सवारी आवागमन अवरुद्ध भएको थियो। यसअघि पक्राउ परेका अभियन्ता निकोलस भूसालले पनि आज माइतीघरमा प्रदर्शन गर्ने बताएका थिए। प्रशासनले काठमाडौंका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरी प्रदर्शन रोक्न खोजेको थियो।