समाचार

पाँच एसएसपी डीआईजीमा पदोन्नति, जिम्मेवारीसहित नयाँ टोली गठन

१७ कात्तिक, काठमाडौं – नेपाल प्रहरीले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णय अनुसार एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डीआईजीमा पदोन्नति गरिएको हो।

बढुवासँगै खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा, भट्टराईलाई अपराध अनुसन्धान विभागमा, अधिकारीलाई उपत्यका प्रहरी कार्यालयमा, खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ।

गत ९ कात्तिकमा उनीहरूको बढुवाका लागि सिफारिस गरिएको थियो। सरकारको हालको निर्णयसँगै पाँच जना नयाँ डीआईजीले आफ्नो कार्यक्षेत्रमा जिम्मेवारी सम्हालेका छन्।