समाचार

पूर्वराष्ट्रपति भण्डारीले पाइन प्रतिलिपी नागरिकता

१८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिलिपी नागरिकता प्राप्त गरेकी छन्।

जेन–जी आन्दोलनको दोस्रो दिन, २४ भदौमा उनका निवासमा तोडफोड र आगजनी हुँदा उनको नागरिकता पनि जलेको थियो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई उनले प्रतिलिपी नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।

उनले भने, “उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र जलेको रहेछ। हाम्रो भौतिक अभिलेख पनि नष्ट भएको थियो। उहाँले प्रतिलिपी नागरिकता पाउने निवेदन गरेपछि विभिन्न सरकारी निकायमा रहेका फोटोकपी र डिजिटल डाटा मिलाएर प्रतिलिपी नागरिकता प्रदान गरिएको हो।”