१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकताको एजेन्डा पारित गरेको छ। बैठकमा समितिका संयोजक नेता नारायणकाजी श्रेष्ठले एकता सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
श्रेष्ठले प्रस्ताव संसदमा प्रस्तुत गरेपछि सदस्यहरूले ताली बजाएर त्यसलाई अनुमोदन गरेका छन्। उनले भने, “पार्टी एकता केवल सदस्य संख्या बढाउनका लागि नभई नयाँ पुस्ता सहित पार्टीलाई पुनर्निर्माण गर्दै समाजवादको लक्ष्यतर्फ अघि बढाउने उद्देश्यले गरिएको हो।”





