समाचार

कांग्रेस सहमहामन्त्रीद्वारा पत्रकारमाथि दुर्व्यवहार, प्रेस युनियनको कडा आपत्ति

कार्तिक १९, काठमाण्डौ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पत्रकारप्रति गरेको दुर्व्यवहारप्रति नेपाल प्रेस युनियनले कडा आपत्ति जनाएको छ। कान्तिपुर टेलिभिजनका पत्रकार प्रकाश बमसँग महाधिवेशनसम्बन्धी प्रस्तावबारे सोधपुछ गर्ने क्रममा राठौरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार तथा हातपातको प्रयास गरेको घटना सार्वजनिक भएपछि प्रेस युनियनले विज्ञप्ति जारी गरी यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो।

प्रत्यक्षदर्शीका अनुसार राठौरले पत्रकार बममाथि प्रश्न सोधेको कारण गालीगलोज गर्दै झम्टिने प्रयास गरेका थिए। युनियनले यस्तो गैरजिम्मेवार व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो आक्रमण भएको टिप्पणी गर्दै तत्काल आत्मसमिक्षा गर्न आग्रह गरेको छ।

युनियनले नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकाले पनि पार्टी नेतृत्वले पत्रकारिता पेसाको सम्मान गर्नुपर्ने बताउँदै सहमहामन्त्री राठौरलाई भविष्यमा यस्ता कार्य दोहोर्याउन नदिन, पदीय मर्यादा र जिम्मेवारी कायम राख्न, र प्रेस स्वतन्त्रताको सम्मान गर्न अनुरोध गरेको छ। विज्ञप्तिमा महासचिव दिलीप पौडेलले भनाइ उद्धृत गर्दै, “पत्रकारमाथि गरिएको दुर्व्यवहार अस्वीकार्य छ, प्रेस स्वतन्त्रता र कांग्रेस सहमहामन्त्रीद्वारा पत्रकारमाथि गरेको दुर्व्यवहार, प्रेस युनियनको कडा आपत्ति रहेको” प्रेस युनियनले जनाएका छ।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पत्रकार प्रकाश बमप्रति गरेको दुर्व्यवहारप्रति नेपाल प्रेस युनियनले कडा आपत्ति जनाएको छ।

महाधिवेशनसम्बन्धी प्रश्न सोध्दा राठौरले अपशब्द प्रयोग गर्दै हातपातको प्रयास गरेको आरोप लागेको छ। प्रेस युनियनले यस्तो गैरजिम्मेवार व्यवहार प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै आत्मसमिक्षा गर्न आग्रह गरेको छ।

प्रेस विज्ञप्ति: