कार्तिक १९, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि बुधबार सिंहदरवार ल्याइएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले जेन(जी आन्दोलनको क्रममा नख्खु कारागारबाट उनी बाहिर निस्किएको घटनाबारे बयान लिनका लागि उनलाई कारागारबाट सिंहदरवारस्थित आयोग कार्यालयमा बोलाएको हो।
सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीहरूसँग बाहिर निस्किएका थिए। तर, कारागार प्रशासनले दिएको भनिएको पत्रको वैधता र औपचारिकतामाथि प्रश्न उठेपछि उनी पुनः कारागार फर्किएका थिए।
यसअघि आयोगको टोली उक्त घटनाको तथ्य–परक अध्ययनका लागि कारागार पुगेको थियो भने नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि आयोगले बयान लिएको थियो। अहिले आयोगले घटनाको सम्पूर्ण पृष्ठभूमि बुझ्न लामिछानेको प्रत्यक्ष बयान लिएको बताइएको छ





