२४ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पनि नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ।
एमालेका नेता महेश बर्तौलाका अनुसार, देशमा देखिएको असामान्य र जटिल राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो। उनका अनुसार, लोकतान्त्रिक तथा संवैधानिक निकासका उपाय खोज्न बैठक महत्वपूर्ण हुने बताइएको छ।
बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय गरिएको छ। प्रतिनिधि सभा विघटन भइसके पनि प्रमुख सचेतकको भूमिकामा रहेका बर्तौलाले बैठक बोलाएका हुन्।





