समाचार

घिसिङको नयाँ पार्टी: उज्यालो नेपाल, चुनाव चिह्न बिजुली

२४ कात्तिक, काठमाडौं। उर्जामन्त्री कुलमान घिसिङको नयाँ पार्टीको नाम “उज्यालो नेपाल” रहने सहमति भएको छ। चुनाव चिह्न बिजुलीको चिम नै रहनेछ।

अहिले तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी गठन हुने तय भएको छ।

पदाधिकारीको नाम पछि दोस्रो चरणमा तय गरिनेछ। निर्वाचन आयोगमा दर्ताका लागि माइन्युटिङ र हस्ताक्षरको काम चलिरहेको छ, सम्भव भएसम्म आजै दर्ता गर्ने योजना छ।