२६ कात्तिक, काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच आज गृह मन्त्रालयमा वार्ता हुँदैछ । वार्तामा दुर्गा प्रसाईं स्वयं सहभागी नहुने भए पनि उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङलगायत उपस्थित हुनेछन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वार्ताको तयारी पूरा भएको बताए । वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गर्दै छन् ।
७ मंसिरबाट देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंमाथि सुरक्षा निकायले निगरानी बढाएको छ । गत चैतमा भएको आन्दोलन हिंसात्मक बनेपछि यसपटक पनि सम्भावित जोखिमका कारण सावधानी अपनाइएको छ ।





