समाचार

नेप्से २० अंकले घट्यो

२६ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा नेप्से २०.५६ अंकले घटेर २५४४ पुगेको छ। कारोबार रकम बढेर ३ अर्ब ८४ करोड पुगेको छ। ४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो।

उत्पादन समूह ०.२३ प्रतिशत बढ्दा, व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घट्यो।

भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढेको छ। दरामखोला हाइड्रो इनर्जी सबैभन्दा धेरै ८.७२ प्रतिशत घटेको छ।