समाचार

राष्ट्रिय परिचयपत्र भएमा मतदाता दर्ता अब अनलाइनमा

२७ कात्तिक, काठमाडौं । अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन। निर्वाचन आयोगले अनलाइनमार्फत फारम भरेपछि राष्ट्रिय परिचयपत्रमा रहेको बायोमेट्रिक विवरण स्वतः प्रयोग गर्ने व्यवस्था लागू गरेको छ।

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले परिचयपत्रको डाटाबेसबाट बायोमेट्रिक लिएर नामावली दर्ता सहज बनाएको हो।

आयोगले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समयसीमा तोकेको छ। अब राष्ट्रिय परिचयपत्र भएका नागरिकले अनलाइन फारम मात्र भरे पुग्नेछन्, तर परिचयपत्र नबनाएका नागरिकले भने कार्यालय पुगेर बायोमेट्रिक गर्नुपर्नेछ।