समाचार

गृहमन्त्रीको आह्वानमा शान्ति सुरक्षाका लागि बैठक बस्दै

३० कात्तिक, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्ने भएको छ। बैठक गृह मन्त्री ओम प्रकाश अर्यालको आह्वानमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बोलाइएको हो।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका प्रतिनिधि रथी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, साथै मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतका अधिकारीहरू सहभागी हुनेछन्।