समाचार

दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ उदायो, चुनावी मैदानमा नयाँ हलचल

३० कात्तिक, काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल गठनभई निर्वाचन आयोगमा दर्ता प्रक्रिया सुरु भएको छ। पार्टीको नेतृत्व माधव खतिवडाले गर्नेछन्। आइतबार केन्द्रीय सदस्यहरू सनाखतका लागि आयोग पुगे।

प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानकै आधारमा दल बनाइएको हो। मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सकिनेछ। दर्ता प्रमाणपत्र पाएपछि दलले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावमा भाग लिन सक्नेछ।

सरकारसँग वार्तामा प्रसाईं समूहले आन्दोलन शान्तिपूर्ण राख्ने र दल दर्ता गरेर चुनावमा जाने प्रतिवद्धता जनाएको थियो।