समाचार

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति रिट सुनुवाइ भोलिसम्मका लागि स्थगित

३० कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि स्थगित भएको छ। रिट सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो।

मधेश प्रदेशमा नेकपा एमाले नेता यादवको नेतृत्वमा सरकार बनेको भए पनि तत्कालीन प्रदेश प्रमुखले विवादास्पद ढंगले कालापानीस्थित होटलमा पुगेर उनलाई मुख्यमन्त्री पदको सपथ खुवाउँदा विवाद बढेको थियो। ७४ सांसदले सो नियुक्तिविरुद्ध अदालतमा रिट दर्ता गराएका छन्।