सामाजिक सञ्जाल

जेनजी दल दर्ता विस्फोट, ‘आन्दोलनै ध्वस्त!’:मन्त्री पुन

१ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरु नै छुट्टाछुट्टै दल दर्तामा लागेपछि गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सानो–साना कुरामा फुटेर दल दर्ताको होडबाजी चल्नु जेनजी आन्दोलनका लागि घातक हुने चेतावनी दिए।

पुनका अनुसार अहिले १२३ दल दर्ता भइसकेका छन् भने ३२ प्रक्रियामा छन्, जसमा जेनजी नेताहरूका नयाँ दल पनि परेका छन्। उनले यस्तो प्रवृत्तिले पुरानै राजनीतिक दल र नेताहरूको शासन फर्किन सक्ने बताएका छन्।