२ मंसिर, काठमाडौं । राजावादी गतिविधि र आन्दोलनको तयारी गर्दै आएका दुर्गा प्रसाईंलाई प्रहरी टोलीले सोमबार मध्यराति भक्तपुरस्थित उनको निजी निवासबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
प्रसाईंलाई हिंसा भड्किने गरी अराजकता फैलाउन सक्ने अभिव्यक्ति दिएको आरोप लगाइएको छ। उनी केही समयअघि १५ चैतको हिंसात्मक आन्दोलन प्रकरणमा समेत पक्राउ परेका थिए तर अदालतको आदेशमा छुटेका थिए।
यसपटक उनी बैंक ऋण मिनाहा लगायतका मागसहित नयाँ आन्दोलनको तयारीमा रहेको सुरक्षा निकायले दाबी गरेको छ।
प्रसाईं पक्राउ परेसँगै उनको समूहका गतिविधि र सम्भावित आन्दोलनबारे प्रहरीले निगरानी कडा पारेको छ।





